२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

भारतका अभिरन्दरलाई हराउँदै बक्सिङमा नेपालका सनिल शाहीले जिते स्वर्ण

२४ मंसिर, काठमाडाैँ । बक्सिङमा सनिल शाहीले स्वर्ण जितेका छन् । याेसँगै नेपालकाे दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले स्वर्ण पदककाे संख्या ५० पुगेकाे छ । मंगलबार बक्सिङमा नेपालका लागि सनिल शाहीले स्वर्ण जित्दै नेपालका लागि ५०औँ स्वर्ण दिलाएका हुन् । सातदोबाटोमा भएकाे पुरुष ६० केजी तौल समू काे खेलमा भारतका खेलाडीलाई हराउँदै सनिलले स्वर्ण जितेका हुन् । उनले भारतका साविक विजेता अभिरन्दर सिंहलाई हराए ।

जारी सागमा नेपालले बक्सिङमा तीन वटा स्वर्ण पदक जितेकाे छ । यसअघि मिनु गुरुङ र भूपेन्द्र थापाले बक्सिङमा स्वर्ण जितेका थिए ।याेसँगै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले नेपालले ५० स्वर्ण जित्छ भनेर गरेकाे दाबी पनि यथार्थमा परिणत भएकाेछ ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलवार १५:०९