२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

जुडोमा पुनम श्रेष्ठले जितिन् स्वर्ण

२३ मंसिर, काठमाडौँ । जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत जुडोमा नेपालकी पुनम श्रेष्ठले स्वर्ण पदक जितेकी छिन्। सोमबार लगनखेलमा भएको खेलमा ७८ केजीमुनिको तौल समूहमा पुनमले स्वर्ण पदक जितेकी हुन् ।

१३ औं सागमा नेपालले जुडोमा जितेको यो दोस्रो स्वर्ण पदक हो।यो सँगै सागमा नेपालले जितेको स्वर्ण पदकको संख्या ४८ पुगेको छ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार १७:४२