२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

भारतका कौशिकलाई पराजित गर्दै बक्सिङमा नेपालका भुपेन्द्र थापाले जिते स्वर्ण

२३ मंसिर, काठमाडाैँ । बक्सिङमा नेपालका भुपेन्द्र थापाले स्वर्ण जितेका छन् । याेसँगै १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले बक्सिङमा दोस्रो स्वर्ण पदक जितेको छ । सोमबार ६४ केजी तौल समूहमा भुपेन्द्र थापाले स्वर्ण पदक जितेका हुन् । उनले भारतीय खेलाडी मनिष कौशिकलाई पराजित गरेका हुन् ।

सोमबार नै भएकाे बक्सिङमा मिनु गुरुङले पनि स्वर्ण जितेकी छन् । यो सँगै १३ औं सागमा नेपालले जितेको स्वर्ण पदकको संख्या ४७ पुगेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार १७:०४