२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

१३औं सागको नवौं दिन : आज १३ खेलमा प्रतिस्पर्धा हुँदै (कसको पदक कति ?)

२३ मंसिर, काठमाडौं नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को नवौं दिन आज (सोमबार) विभिन्न १३ खेलमा प्रतिस्पर्धा हुँदै छ । सागको नवौं दिन काठमाडौं पोखरा र जनकपुरमा गरी १३ खेलमा स्पर्धा हुनेछ ।

जसमध्ये आर्चरी, बास्केटबल, बक्सिङ, क्रिकेट, फेन्सिङ, फुटबल, जुडो, पौडी, सुटिङ, स्क्वास, टेनिस र कुस्तीमा स्पर्धा हुनेछ । महिला फुटबल र आर्चरी पोखरामा हुनेछ भने कुस्ती जनकपुरमा हुनेछ । अन्य खेल भने काठमाडौंमा हुनेछन् ।

सागअन्तर्गत महिला फुटबलको फाइनल खेल पोखरा रंगशालामा नेपाल र भारतबीच हुनेछ । महिला फुटबलमा माल्दिभ्सले कास्य जितिसकेको छ । पुरुषको फाइनलमा भने नेपाल र भुटान भोलि (मंगलबार) भिड्दै छन् ।

साग क्रिकेटअन्तर्गत पुरुषतर्फको फाइनल खेल आज हुँदै छ । स्वर्णका लागि श्रीलंका र बंगलादेशले प्रतिस्पर्धा गर्नेछन् । यस्तै नेपाल र माल्दिभ्सले कास्यका लागि भिड्नेछन् । महिलातर्फको स्वर्ण बंगलादेश, श्रीलंकाले रजत र नेपालले कास्य जितेको छ ।

बास्केटबलअन्तर्गत आज पुरुषको सेमिफाइनल खेलमा बंगलादेश र श्रीलंका तथा भारत र नेपालबीच स्पर्धा हुँदै छ ।

महिलाको सेमिफाइनल भारत र भुटान तथा नेपाल र माल्दिभ्सबीच हुनेछ । साग बक्सिङमा सोमबार विभिन्न स्पर्धाको फाइनल हुनेछ । सोमबार बक्सिङमा ८ स्पर्धाको फाइनल खेल हुनेछ । नेपालका कुल ९ खेलाडी फाइनल पुगेका छन् । आर्चरीमा सोमबार एकल महिला तथा पुरुषको रिकर्भ र कम्पाउन्ड गरी ४ स्वर्णका लागि स्पर्धा हुनेछ ।

सागअन्तर्गत जुडोमा सोमबार विभिन्न तौल समूहमा प्रतिस्पर्धा हुनेछ । जसमा ७ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । खेल आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्र लगनखेलमा हुनेछ । फेन्सिङअन्तर्गत सोमबार टिम स्पर्धामै तीन स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । पौडीअन्तर्गत सोमबार विभिन्न स्पर्धामा खेल हुनेछ । सातदोबाटोस्थित पौडी पोखरीमा बिहान हिट र बेलुका फाइनल चरणका खेल हुनेछ । सुटिङअन्तर्गत सोमबार पनि एक खेलको प्रतिस्पर्धा हुनेछ ।

हिजो आइतबारसम्म कसले कति पदक जिते हेरौं ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार ०७:५७