२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

‘नुवाकोट – ११’ टिमका लागि खेलाडी छनौट गर्न सार्वजनिक आह्वान

१८ वैशाख, नुवाकोट । नुवाकोटमै पहिलो पटक राष्ट्रियस्तरको फुटबल प्रतियोगिताको आयोजना गरेको एन्फा नुवाकोटले ‘नुवाकोट – ११’ टिमका लागि खेलाडी छनौटन गर्न सार्वजनिक आह्वान गरेको छ । सार्वजनिक सूचना नै प्रकाशित गरेर इच्छुक खेलाडीको सूची संकलन गर्न लागिएको एन्फा नुवाकोटका उपाध्यक्ष उद्धव पनेरुले दैनिकीलाई जानकारी दिए ।

उनले टिमका लागि खेलाडी छनोट गर्न ईच्छुक खेलाडीहरुको बैशाख २३ गतेसम्म आवेदन संकलन गरेर खेल अनुशासन र लगनशिलतालाई प्राथमिकतामा राखि परिपक्व टिम तयार गरिने बताए । यसरी छानिएका खेलाडीहरुको ‘नुवाकोट – ११’ टिम नुवाकोट जिल्ला फुटबल संघका प्रशिक्षक देवनारायण चित्रकारको नियमित प्रशिक्षणमा रहने र प्रतियोगितामा नुवाकोटको प्रभावशाली उपस्थितीका लागि खेलाडीहरुलाई मानसिक र शारीरिक रुपमा समेत तयार गरिने उपाध्यक्ष पनेरुले बताए ।

आगामी जेठ १७ गतेदेखि २६ गतेसम्म संचालन हुने प्रथम नुवाकोट गोल्डकप फुटवल प्रतियोगितामा नुवाकोटका खेलाडीहरुले घरेलु मैदानमा राष्ट्रिय खेलाडीहरुसंग प्रतिस्पर्धा गर्ने अवसर पाउने भएकाले व्यवस्थित रुपमा खेलाडी छनौट गर्न लागिएको उनले बताए । प्रतियोगितामा ‘ए’ डिभिजन क्लबहरु र विभागीय टिमहरुसंगै नुवाकोटको टिमको पनि सहभागिता रहने छ ।

प्रकाशित मिति : May 1, 2018 at 5:51 pm