२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

१३औं साग : कुन देशको पोल्टामा कति पदक !

२२ मंसिर, काठमाडौं १३औं दक्षिण एसियाली खेलकुद (साग) मा भारतले पदक तालिकामा अग्रस्थान कायमै राखेको छ । नेपाल भने दोस्रो स्थानमा छ ।

भारतले शनिबारको खेल सकिँदासम्म १०६ स्वर्ण, ६९ रजत र ३५ कास्यसहित २१० पदक प्राप्त गरेको छ । नेपालले हालसम्म ४३ स्वर्ण, ३३ रजत र ६२ कास्यसहित १३८ पदक जितेको छ ।

यस्तै श्रीलंका ३० स्वर्ण, ५४ रजत र ८३ कास्यसहित तेस्रो, पाकिस्तान २१ स्वर्ण, २८ रजत र ३४ कास्यसहित चौथो, बंगलादेश ७ स्वर्ण, २२ रजत र ५४ कास्यसहित पाँचौँ, माल्दिभ्स १ स्वर्ण र २ कास्य जित्दै छैटौँ भएको छ ।

अहिलेसम्म एउटा पनि स्वर्ण पदक जित्न नसकेको भुटान ६ कास्यसहित पदक तालिकाको पुछारमा छ ।

नेपालले शनिबार म्याराथन र कुस्तीमा एक-एक स्वर्णपदक जितेको थियो । नेपालका किरणसिंह बोगटीले पुरुष म्याराथनमा स्वर्ण जितेका हुन् । नेपालले साग इतिहासमा २४ वर्षपछि पुरुष म्याराथनमा स्वर्ण जितेको हो । यसअघि सागमा नेपालका टीका बोगटीले म्याराथनमा स्वर्ण जितेका थिए ।

यस्तै सागअन्तर्गत कुस्तीको महिला ५५ किलो तौलमा नेपालकी संगीता धामीले स्वर्ण जितेकी छिन् ।

यस्तो छ साग पदक तालिका :

देश   स्वर्ण  कास्य  रजत  जम्मा

भारत   १०६   ६९   ३५   २१०
नेपाल   ४३   ३३   ६२   १३८
श्रीलंका  ३०   ५४   ८३   १६७
पाकिस्तान २१   २८   ३४   ८३
बंगलादेश ७    २२  ५४   ८३
माल्दिभ्स  १    ०   २   ३
भुटान   ०    ०   ६   ६

प्रकाशित मिति : २२ मंसिर २०७६, आईतवार ०८:३८