१३ असार २०८३, शनिबार | Sat Jun 27 2026

५ हजार मिटर दौडमा गोपीचन्द्र पार्कीले जिते स्वर्ण

२० मंसिर, काठमाडौँ । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले थप एक स्वर्ण पदक जितेको छ। ५ हजार मिटर दौडमा धावक गोपीचन्द्र पार्कीले नेपाललाई स्वर्णपदक दिलाएका हुन्। गोपीले १४ मिनेट ५४.२० सेकेन्डमा दुरी पार गर्दा भारतका सुनिल दवारलाई करिब एक सेकेन्डले पछि पारे। नेपालकै हरिकुमार रिमाल सो स्पर्धामा तेस्रो हुँदै काश्य पदक जित्न सफल भए।

रिमालले १४ मिनेट ५७.०५ सेकेन्डमा निर्धारित दुरी पार गरेका हुन्। गोपीले दौड जितेपछि जारी १३औं सागमा दौडतर्फ नेपालले दुईवटा स्वर्ण जितेको छ। यसअघि सन्तोषी श्रेष्ठले १० हजार मिटर दौडमा नेपाललाई स्वर्णपदक दिलाईसकेकी छिन्। नेपालले अहिलेसम्ममा स्वर्ण संख्या ३७ पुर्‍याएको छ।

प्रकाशित मिति : December 6, 2019 at 10:45 am