७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

भारत्तोलनबाट सञ्जु चौधरीले जितिन् स्वर्ण पदक

१९ मंसिर, काठमाडौं । १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बिहीबार भएकाे भारत्तोलनमा सञ्जु चौधरीले महिला ५९ केजी तौल समूहबाट स्वर्ण पदक जितेकी छन्। सञ्‍जुले स्न्याचतर्फ ७४ केजी र क्लिन एन्ड जर्कमा ९७ केजीसहित कुल एक सय ७१ केजी तौल उचाल्दै स्वर्ण हात पारेकी हुन्। श्रीलंकाकी एस राजापाक्षले रजत जितिन्। बंगलादेशकी फायमा अख्तरले कास्य पदक जितेकी छन्।

फाइल फाेटाे

नेपालका लागि १३औं सागमा सञ्जुले जितेको यो ३५ औं स्वर्ण हो। यससँगै नेपालले बिहीबार मात्रै छैटौं स्वर्ण पदक जितेको छ। यसअघि उसुकी निमा घर्तीमगर, साइक्लिङका लक्ष्मी श्रेष्ठ र बुद्धिबहादुर तामाङ, पौडीकी गौरिका सिंह र तेक्वान्दोका भुपेन श्रेष्ठले स्वर्ण जितिसकेका छन्।

प्रकाशित मिति : December 5, 2019 at 6:32 pm