१३ असार २०८३, शनिबार | Sat Jun 27 2026

श्रीलंकाकी मदुमालीलाई पराजित गर्दै उसुमा जुनी राईले जितिन् स्वर्ण

१९ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत उसुको सान्डा सान्सोमा जुनी राईले स्वर्ण पदक जितेकी छिन्। बिहीबार लगनखेलस्थित त्रिभुवन आर्मीको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा भएको खेलमा जुनीले महिलातर्फ ५६ केजी तौल समूहको फाइनलमा श्रीलंकाकी मदुमालीलाई २-० को नतिजामा पराजित गरेकी हुन्।

 

उनले पहिलो चरणमा भारतकी विद्यावति चानुलाई २-० को नतिजामा पराजित गरेकी थिइन्। त्यस्तै श्रीलंकाकी मधुमालीले बंगलादेशकी साकी अख्तरलाई पराजित गर्दै फाइनलमा स्थान बनाएकी थिइन्। यससँगै नेपालका लागि उसुले जितेको स्वर्ण चार पुगेको छ।

प्रकाशित मिति : December 5, 2019 at 6:21 pm