२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

१३ औं सागमा नेपाललाई अर्काे सफलता, लक्ष्मीले साइक्लिङमा जितिन स्वर्ण

१९ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा साइक्लिङमा नेपालले स्वर्ण पदक जितेको छ । काठमाडौँकाे गोकर्णमा बिहीबार भएको प्रतिस्पर्धामा लक्ष्मी मगरले स्वर्ण जितेकी हुन ।

 यो सागमा नेपालको स्वर्ण संख्या ३१ पुगेको छ । साइक्लिङमै उषा खनालले रजत पदक जितेकी छन् । १७ रजत सहित नेपालको अहिलेसम्मको कुल पदक संख्या ७६ पुगेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार १३:३१