२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

भुटानविरुद्ध नेपालको शानदार जित

१९ मंसिर, काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता अन्तर्गत टी–२० क्रिकेटमा नेपालले भुटानमाथि शानदार जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले भुटानलाई १ सय ४१ रनको विशाल अन्तरले पराजित गरेको हो । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले तीन विकेटको क्षतिमा २ सय ३६ रनको विशाल योगफल तयार पारेको थियो । जवाफी ब्याटिङमा उत्रिएको भुटानले ६ विकेटको क्षतिमा ९५ रनमात्र बनाउन सक्यो ।


कप्तान ज्ञानेन्द्र मल्लल्ले शतकीय पारी खेल्दै ५५ बलमा १०७ रन बनाए । उनले ९ छक्का र ५ चौका प्रहार गरे । नेपालले पहिलो विकेटका लागि १०८ रनको साझेदारीमार्फत गतिलो सुरुवात गरेको थियो । पूर्वकप्तान पारस खड्काले अद्र्धशतकीय पारी खेल्दै २८ बलमा ५७ रन बनाए । उनले एक छक्का र ९ चौका प्रहार गरे । यस्तै, दीपेन्द्रसिंह ऐरीले २७ बलमा ४५ रन बनाए ।

भुटानका लागि कर्मा दोर्जीले ४ ओभरमा ४५ रन खर्चिएर दुई विकेट लिए भने तोब्देन सिङ्ग्येले ४ ओभरमा ५३ रन दिएर एक विकेट हात पारे । रङजुङ्ग मिक्यो दोर्जीले भुटानका लागि सर्वाधिक २७ रन बनाए । यस्तै, सोनम तोब्गेले १५ र तोब्देन सिङ्ग्येले ११ रन बनाए ।बलिङतर्फ नेपालका लागि पारस खड्काले दुई विकेट लिए भने करण केसी, ललित राजवंशी र पवन शर्राफले एक–एक विकेट लिए ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार १३:१४