२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

१८ मंसिर, काठमाडौँ । तेस्रो पटक नेपालमा आयोजना भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत आज भएको खो खोमा नेपालको महिला टोलीले रजत पदक जितेको छ । कीर्तिपुरस्थित नयाँ बजारको कभर्डहलमा भएको फाइनल खेलमा भारतसँग नेपाल १७–५ ले पराजित हुँदै रजत पदक जितेको हो । नेपाल पहिलो इनिङमा १६–३ ले पछि परेको थियो ।

महिला खो खोमा नेपालले जितेको सबैभन्दा ठूलो पदक नै यही हो ।  लिग कम नकआउटका आधारमा भएको प्रतियोगितामा नेपाल समूह एको विजेताका रुपमा फाइनलमा पुगेको थियो । नेपालले श्रीलङ्कालाई पराजित गर्दै फाइनमा पुगेको हो । सोही स्पर्धामा बङ्गलादेशले कास्य पदक जित्यो । त्यस्तै पुरुषतर्फको खो खोमा भने नेपालले कास्य पदक जितेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार १५:५१