१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

प्रवेश पत्र जलाउँदै एमबिबिएसका विद्यार्थीले गरे परीक्षा बहिस्कार

१८ मंसिर, काठमाडाैँ । आन्दोलनरत् चिकित्सा शिक्षा एमबिबिएसलगायतका विद्यार्थीले परीक्षा बहिस्कार गरेका छन्। आजदेखि सुरू हुने भनिएको बिडिएस, नर्सिङलगायत आठ संकायका परीक्षार्थीले परीक्षा बहिस्कार गरेका हुन्। युनिभर्सल मेडिकल कलेज, चितवन मेडिकल कलेज, नेसनल मेडिकल कलेज र जानकी मेडिकल कलेजका विद्यार्थीले परीक्षा बहिस्कार गरेका हुन्।

चितवन मेडिकल कलेजका विद्यार्थीले परीक्षा बहिस्कार गरेको जनाउँदै बुधबार प्रवेश पत्र जलाएका छन्। चिकित्सा शिक्षा संघर्ष समितिको अगुवाइमा चितवनमा विद्यार्थीले प्रवेश पत्र जलाएका हुन्।

प्रकाशित मिति : December 4, 2019 at 3:45 pm