२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

नेपालले साइक्लिङमा जित्यो २ स्वर्ण

१८ मंसिर, काठमाडौँ । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत साइक्लिङ डाउनहिलमा नेपालले २ स्वर्ण जितेको छ । बुधबार भएको प्रतिस्पर्धामा पुरुषतर्फ राजेश मगर र महिलातर्फ निश्मा श्रेष्ठले स्वर्ण पदक जितेका हुन् ।

यस्तै नेपालका निरभ श्रेष्ठले पुरुषतर्फ र महिलातर्फ जमुना थापाले रजत पदक जितेका छन् । यससँगै नेपालले जितेको स्वर्ण पदकको संख्या २७ पुगेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार १३:००