२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

महिला भलिबलमा नेपाल भारतसँग ३-२ ले पराजित, सागमा पहिलाे पटक स्वर्ण जित्ने अवसर गुम्याे

१७ मंसिर, काठमाडाैँ । दक्षिण एसियाली खेलकुद (साग)मा नेपाली महिला भलिबल टिमकाे फाइनलमा नेपाल भारतसँग ३-२ ले पराजित भएकाे छ । पहिलो पटक सागको फाइनलमा पुगेको नेपाली महिला टिम भारतसँग ३–२ ले पराजित भएसँगै सागमा पहिलाे पटक स्वर्ण जित्ने अवसर गुमाएकाे हाे ।

मंगलबार त्रिपुरेश्वरस्थित कर्भडहलमा भएको खेलकाे पहिलो सेटमा भारतले २५–१७ जितेको थियो । दोस्रो सेट भने नेपालले २५–२३ ले जितेको थियो । त्यस्तै तेस्रो सेट पनि नेपालले २५–२१ ले जितेको थियो । चाैथाे सेट भारतले २५-२० ले जित्याे भने पाँचाैँ अर्थात निर्णायक सेट पनि भारतले १५-६ ले आफ्नाे पक्षमा पार्‍याे ।

याेसँगै नेपालले रजत पदकमै चित्त बुझाउनु परे पनि महिला भलिबलमा अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता हात पारेको हो । यसअघि सागमा नेपाली महिला भलिबल टोलीले कास्य पदकभन्दा माथिल्लो सफलता हात पार्न सकेको थिएन । नेपालले सेमिफाइनलमा श्रीलंकाली टिमलाई ३–०को सोझो सेटमा हराएको थियो ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलवार १८:४५