२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

साग पुरुष फुटबलकाे पहिलो खेलमा नेपालको शानदार जित, भुटान ४ शून्यले पराजित

१७ मंसिर, काठमाडौँ । साग पुरुष फुटबल अन्तर्गत पहिलो खेलमा नेपालले भुटानलाई ४-० ले पराजित गर्दै शानदार जित हाँसिल गरेकाे छ । खेलको पाँचौ मिनेटमा नेपालका लागि पहिलो गोल कप्तान सुजल श्रेष्ठले गरे । पहिलो हाफमा १-० ले अगाडि रहेको नेपालका लागि दोस्रो हाफको पाँचौ मिनेटमा कप्तान सुजल स्वयम्ले दोस्रो गोल गरे । सुजलले खेलको ५० औं मिनेटमा नेपालको अग्रता दोब्बर बनाएका हुन् ।

खेलको ६६ मिनेटमा अभिषेक रिजालले हेडमार्फत् सुन्दर गोल गर्दै नेपालको अग्रता ३ शून्यले बढाए । सँगै खेलको ७७ औं मिनेटमा भुटानविरुद्ध मिच्चेन तामाङले चौथो गोल गरे । साग पुरुष फुटबल अन्तर्गत सोमबार भएको खेलमा भुटानले बंगलादेशलाई १-० ले हराएको थियो । यसअघि नै तीन अंक जोडिसकेको भुटानसँग नेपालले पहिलो खेल खेलेको हो । यो जितसँगै नेपालले पनि तीन अंक जोडेको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलवार १५:४६