२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

महिला फुटबलमा नेपालको विजयी सुरुवात, श्रीलंकाविरुद्धको पहिलो खेलमा १-० गाेलले विजयी

१७ मंसिर, काठमाडाैँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । श्रीलंकाविरुद्धको पहिलो खेलमा नेपाल १-० गाेलले विजयी भएको हो ।

अनिता केसीको पासमा नेपालका लागि सरु लिम्बूले ८६ औँ मिनेटमा गोल गरेकी हुन् । जितसँगै नेपालले पहिलो खेलमा ३ अंक जोडेको छ ।महिला फुटबल अन्तर्गत मंगलबार भारत र माल्दिभ्सबीच खेल हुनेछ । अब नेपालले बिहीबार माल्दिभ्ससँग खेल्नेछ ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलवार १३:२०