२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

सागमा अहिलेसम्म नेपालले जित्यो ११ स्वर्ण, करातेमा मात्रै ६ स्वर्ण

१६ मंसिर, काठमाडौँ । नेपालले १३ औं दक्षिण एसियली खेलकुद (साग) मा अहिलेसम्म ११ वटा स्वर्ण जितेको छ । सोमबार नेपालका लागि करातेको कुमुते अन्तर्गत ५५ केजी तौल समूहमा लक्ष्मण तामाङले स्वर्ण पदक जितेका छन् । उनले फाइनलमा बंगलादेशका मोहम्मद मुस्तफालाई १–० ले हराए ।

पुरुष कुमुतेमा नेपालले अर्को स्वर्ण पदक जितेको छ । ८४ केजीमाथिको समूहमा विप्लवमान श्रेष्ठले नेपाललाई स्वर्ण दिलाएका हुन् । उनले पाकिस्तानी खेलाडी वाइस मोहम्मदमाथि ६-५ को जित निकालेका हुन् । महिला ४५ केजी मुनीको समूहमा कुसुम खड्काले स्वर्ण पदक जितेकी छन् । उनले बंगलादेशी खेलाडीलाई हराएकी हुन् ।

यो करातेमा नेपालको छैटौं स्वर्ण हो भने समग्रमा ११ औं । नेपालले सोमबारनै एकल काता पुरुष, टिम काता महिला र पुरुष दुवैमा स्वर्ण पदक जितेको छ । एकल काता महिलामा नेपालले रजत पदक जितेको थियो ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार १६:५३