२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

१३ औं सागमा ट्रायथोलनकी सोनीले दिलाइन् नेपाललाई स्वर्ण

१६ मंसिर, काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भएको ट्रायथोलनमा महिलातर्फ नेपालले स्वर्ण पदक जितेको छ । सोमबार पोखराकाे लेकसाइडमा भएको प्रतियोगितामा नेपालकी सोनी गुरुङले नेपाललाई दोस्रो स्वर्ण पदक दिलाएकी हुन ।

नेपलका लागि पहिलो स्वर्ण भने सोमबार नै काठमाडौँमा भएको कराँते प्रतियोगिता पुरुष एकल कातामा मण्डेकाजी श्रेष्ठले पाकिस्तानी खेलाडी नियमातुलिहलाई पराजित गर्दै दिलाएका थिए । सोमबार नै भएको ट्रायाथोलन (पुरुष)मा भने भारतले स्वर्ण र रजत पदक जितेको छ । नेपालले रजत पदकमा चित्त बुझाएको छ ।

गौरी घाटबाट सुरु भएको ट्रायथोलनमा खेलाडीहरुले ७५० मिटर पौडी, २० किलोमिटर साइकल र ५ किलोमिटर दौड पूरा गरेका थिए । प्रतियोगिता महिला तथा पुरुष दुवै विधामा हुँदैछ । प्रतियोगितामा नेपाल, भारत र श्रीलका सहभागी छन् ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार १२:१०