२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

साग खेलकुद : करातेमा चञ्चलाले दिलाइन् नेपाललाई पहिलो पदक

१६ मंसिर, काठमाडौँ । १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले पहिलो पदक हात पारेको छ। नेपालका लागि करातेको व्यक्तिगत काता प्रदर्शनमा चञ्चला दनुवारले रजत पदक दिलाएकी हुन् ।

चञ्चलाले पाकिस्तानकी साहिदासँग फाइनलमा प्रतिस्पर्धा गरेकी थिइन् । उनी बंगलादेशकी हुमारा अन्तरा र भुटानकी सोनाम ल्हामोलाई पछि पार्दै फाइनल प्रवेश गरेकी थिइन् । यसैगरी पाकिस्तानले पहिलो स्वर्ण पदक जितेको छ भने श्रीलंकाले कास्य पदक हात पारेको छ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार ११:०२