२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

ब्याडमिन्टनमा नेपालको पदक पक्का

१६ मंसिर, पोखरा । १३औं सागअन्तर्गत भएको ब्याडमिन्टन टिम ईभेन्टस्मा नेपालको पदक पक्का भएको छ । पोखरामा भएको प्रतिस्पर्धामा नेपाली पुरुष टिमले भुटानी टिमलाई ३- ० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाउँदै पदक पक्का गरेको हो ।

नेपालका नम्बर एक खेलाडी रत्नजित तामाङले भुटानी खेलाडी अनिश गुरुङलाई २१- ६, २१-९ ले, दीपेश धामीले नैदुप दोर्जेलाई २१-१३, २१-१४ ले तथा प्रिन्स दाहालले नोर्वु ड्रढुललाई २१-१२, २१-५ ले पराजित गर्दै पदक पक्का गरेका हुन् ।

यस्तै महिला टोलीले पनि बंगलादेश माथि ३-० को जित निकाल्दै पदकमा नाम लेखाएका छन् । नङ्गशलदेवी तामाङले बंगलादेशकी साल्पा अख्तरलाई २१-१८, १५-२१ र २१-१७ ले, रशिला महर्जनले एलिना सुल्तानालाई २८-२६, २१-१९ ले तथा जेशिका गुरुङले विस्त्री खातुनलाई २१-१८, २२-२० ले पराजित गर्दै अर्को पदक पक्का गरे । अब नेपालले फाइनल प्रवेशका लागि दुवै टोलीले श्रीलंकाको सामना गर्नुपर्नेछ ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार ०७:०२