२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

दशरथ रंगशालामा १३औँ सागकाे भव्य उद्घाटन

१५ मंसिर, काठमाडाैँ । दक्षिण एसियाली खेलकुद सागको १३ औंँ संस्करण औपचारिक रुपमा सुरु भएको छ । २० वर्षपछि फेरि जन्मभूमि फर्किएको सागलाई भब्य बनाउन सबै तयारी पूरा भएको छ । साँझ पाँच बजेबाट नेपालको मौलिक पञ्चेबाजासहित उद्घाटनको सुरुवात भएको १३ औंँ सागको मस्कट कालो हरिणको नेतृत्वमा सहभागी राष्ट्रको झन्डासहितको मार्च पाससँगै समारोह अघि बढिरहेकाे छ ।

त्यसपछि आयोजक राष्ट्रको तर्फबाट खेलका विभिन्न पदाधिकारी र मन्त्रीहरुले मन्तब्य दिइरहेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रममा लगातार चार पटकका सागमा स्वर्ण जितेका तेक्वान्दोका ओलम्पियन दीपक बिष्टले ओलम्पिक फ्लेम बाल्ने छन् । खेलाडीका तर्फबाट स्वर्ण विजेता आयशा शाक्यले शपथ लिनेछिन् । नेपालका लागि मार्चपासमा नेपालको झण्डा भारत्तोलनका खेलाडी कमलबहादुर अधिकारीले बोकेका छन्।

प्रकाशित मिति : १५ मंसिर २०७६, आईतवार १८:४०