१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

अन्धाधुन्द चक्कु आक्रमणमा दुईको मृत्यु, एक घाइते

१४ मंसिर, लन्डन । बेलायतको लन्डनस्थित ‘लन्डन ब्रिज’मा भएको आतंकवादी आक्रमणमा दुईजनाको मृत्यु भएको छ । थप एकजना घाइते भएका छन् ।

लन्डन ब्रिजमा एकजना व्यक्तिले सर्वसाधारणमाथि अन्धाधुन्ध चक्कु प्रहार गरेका हुन् । चक्कु प्रहारबाट घाइते भएका ३ जनामध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

आक्रमणकारीको पनि प्रहरीको गोली लागेर मृत्यु भएको छ । प्रहरीले आक्रमणलाई आतकंकारी घटना भनेको छ । आक्रमण गर्ने व्यक्ति यसअघि आतंककारी गतिविधिमा संलग्न भएको अभियोगमा जेल सजाय काटिसकेको एजेन्सीहरुले समाचारमा जनाएका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रधानमन्त्री बोरिस जोनसनले प्रहरीलाई अनुसन्धानमा सरकारले पूर्ण सहयोग गर्ने बताएका छन् । लन्डन ब्रिजको उत्तरी भागमा रहेको फिसमोन्गेर्स हलमा क्रिमिनल जस्टिससम्बन्धी कार्यक्रम भइरहेका बेला आक्रमण भएको हो । कार्यक्रममा क्याम्ब्रिज विश्वविद्यालयका विद्यार्थी तथा पूर्वकैदीको सहभागिता थियो । –एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार ११:५३