२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

फिफा वरीयतामा नेपाल तीन स्थान घटुवा

१३ मंसिर, काठमाडौं विश्व फुटबल महासंघ (फिफा) को वरीयतामा नेपाल तीन स्थान तल झरेको छ । बिहीबार सार्वजनिक नयाँ वरीयताअनुसार नेपाल अहिले फिफा वरीयताको १७०औं स्थानमा छ । यसअघि नेपाल १६७ स्थानमा थियो । विश्वकप छनोट र उमेर समूहको फुटबलमा राम्रो नतिजा निकाल्न नसक्दा फिफा वरीयतामा नेपालको स्थान खस्किएको हो ।

दक्षिण एसियामा नेपालभन्दा माथि माल्दिभ्स १५५औं स्थानमा, अफगानिस्तान १४९औं स्थानमा र भारत १०८औं स्थानमा छन् । दक्षिण एसियामा सबैभन्दा माथिल्लो स्थानमा भारत छ । फिफा वरीयतामा बेल्जियम पहिलो स्थानमा कायमै छ । फ्रान्स दोस्रो र ब्राजिल तेस्रो स्थानमा छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार ०७:५९