२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

च्याम्पियन्स लिगमा मेसीको नयाँ कीर्तिमान

१२ मंसिर, काठमाडौं बार्सिलोना तथा अर्जेन्टिनी स्टार लिओनल मेस्सीले च्याम्पियन्स लिग फुटबलमा नयाँ कीर्तिमान बनाएका छन् । बार्सिलोना र जर्मन क्लब बुरुसिया डर्टमन्डबीच गएराति भएको खेलमा १ गोल गर्दै स्ट्राइकर मेसीले च्याम्पियन्स लिगमा सबैभन्दा धेरै क्लबविरुद्ध गोल गर्ने कीर्तिमान बनाएका हुन् ।

डर्टमन्डविरुद्ध उनले ३३औं मिनेटमा गोल गरेका थिए, जुन खेलमा बार्सिलोना ३-१ ले विजयी भएको थियो ।

यससँगै मेस्सी च्याम्पियन्स लिगमा ३४ फरक क्लबविरुद्ध गोल गर्ने पहिलो खेलाडी बनेका छन् । यसअघि उनले राउल र क्रिस्टियानो रोनाल्डोको कीर्तिमानसँग बराबरी गरेका थिए । राउल र रोनाल्डो दुवैले ३३ फरक क्लबविरुद्ध गोल गरिसकेका छन् ।

यसैबीच मेसीले बार्सिलोनाका लागि ७ सयौं खेलसमेत पूरा गरेका छन् । –एजेन्सी

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार ०८:२६