२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

८ मिनेटमा ३ गोल गरे पनि पराजित

९ मंसिर, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड र सेफिल्ड युनाइटेडले बराबरी खेल्दै अंक बाँडेका छन् । सेफिल्ड युनाइटेडको मैदानमा भएको खेल ३-३ गोलको बराबरीमा सकिएको हो ।

खेलको १९औं मिनेटमै फ्लेकको गोलबाट सेफिल्डले अग्रता बनाएको थियो । ५२औँ मिनेटमा मोएसेटले गोल गर्दै अग्रता दोब्बर पारे ।

खेलमा २-० ले पछि परेको म्यानचेस्टर युनाइटेडले आक्रामक खेल खेल्दै ८ मिनेटभित्र ३ गोल गर्‍यो । उसका लागि ७२औं मिनेटमा विलियम्स, ७७औं मिनेटमा ग्रिनवुड तथा ७९औं मिनेटमा मार्कश रासफोर्डले गोल गर्दै ३-२ को अग्रता बनाए ।

तर ९०औँ मिनेटमा म्याकबुर्नीले गोल गर्दै सेफिल्डलाई हारबाट जोगाए । यो बराबरीपछि १३ खेलबाट १७ अंकसहित युनाइटेड नवौं स्थानमा छ भने १८ अंक जोडेको सेफिल्ड युनाइटेड छैटौं स्थानमा पुगेको छ । –एजेन्सी

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार ०९:१६