२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

१३औं सागमा भारतले फुटबल नखेल्ने

९ मंसिर, काठमाडौं । भारतले १३औं सागको पुरुष फुटबलमा प्रतिस्पर्धा नगर्ने भएको छ । यससँगै पुरुष फुटबलमा ५ टिम मात्र भएको छ ।

महिला फुटबलमा खेलाडीको नाम दर्ता गरे पनि भारतले पुरुषतर्फ खेलाडीको सूची पठाएको थिएन । यसैबारे नेपाल ओलम्पिक कमिटीले इन्डियन ओलम्पिक संघ (आईओए) सँग जानकारी मागेको थियो । त्यसबारे आईओएकी निर्देशक ननजिमा खानले स्पष्ट जवाफ दिइन्, ‘पुरुष फुटबलमा भारती टिम सहभागी हुँदैन ।’ अखिल नेपाल फुटबल संघ (एन्फा) ले १३औं सागमा फुटबलको ‘ड्र’ शुक्रबारै गरेको थियो ।

त्यसमा भारत, माल्दिभ्स र श्रीलंका समूह ‘बी’ मा परेको थियो । १२औं सागको स्वर्ण पदक विजेता नेपालसहित बंगलादेश र भुटान समूह ‘ए’ मा छन् । नेपालले भारतलाई २-१ ले हराएर गुवाहटीमा भएको पछिल्लो सागमा स्वर्ण पदक जितेको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार ०८:५४