११ असार २०८३, बिहिबार | Fri Jun 26 2026

नेपाली क्रिकेटर अनिल इलाइट क्रिकेट खेल्न सिंगापुर प्रस्थान

१६ वैशाख, काठमाडौँ । दोस्रो संस्करणको इलाइट क्रिकेट सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य अनिलकुमार शाह सिंगापुर  प्रस्थान गरेका छन। यही वैशाख १८ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा अनिलले एसजी क्रिमसन टोलीबाट सहभागिता जनाउनेछन् ।

उनको सम्पूर्ण खर्च सिंगापुर क्रिकेट एशोसिएशनले व्यहोर्ने क्रिकेट प्लेयर्स एशोसिएशन नेपाल (सिप्यान)ले जनाएको छ । सिप्यानले सिंगापुर क्रिकेट एशोसिएशन सँगको सहकार्यमा अनिललाई खेल्ने व्यवस्था मिलाएको हो ।

प्रतियोगितामा क्रिमसन टोलीसँगै क्रेससेन्ट र स्टार्स गरी तीन टोलीको सहभागिता रहनेछ । डबल राउण्ड रोविन लिगपछि शीर्ष दुई स्थानमा रहने टोलीले फाइनल खेल्नेछ । एपिएफ क्लबमा आबद्व अनिल आज राति नै त्यसतर्फ प्रस्थान गरेकाछन ।

प्रकाशित मिति : April 29, 2018 at 9:22 pm