२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

७ मंसिर, काठमाडौं । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) विजयी भएको छ । पीएसजीले लिललाई २-० ले पराजित गर्दै लिगमा ११ अंकको अग्रता लिएको छ ।

गत अक्टोबरमा घाइते भएपछि नेयमार पहिलोपटक मैदानमा उत्रिएको खेलमा एन्जेल डी मारिया र माउरो इकार्डीले १-१ गोल गरे । नेयमार गत अक्टोबरमा ह्यामस्ट्रिङ इन्ज्युरीपछि मैदानमा फर्किन सकेका थिएनन् ।

इकार्डीले १७औं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । ३१औं मिनेटमा डी मारियाले गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाएका हुन् ।

जितसँगै पीएसजीले फ्रेन्च लिग तालिकामा १४ खेलबाट ३३ अंक बनाएको छ । दोस्रो स्थानको मार्सेको १३ खेलबाट २२ अंक छ । –एजेन्सी

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार ०९:३५