६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

यहुदीलाई नष्ट गर्न चाहेका छैनौं : इरान

१ मंसिर, तेहरान । सर्वोच्च नेता अयतोल्लाह अली खमेनईले इरानले यहुदीलाई नष्ट गर्न नचाहेको बताएका छन् । तर सबै धर्मका मानिसले इजरायलको भविष्य तय गर्नुपर्ने उनले जनाएका छन् ।

सन् १९७९ मा इस्लामिक क्रान्तिपछि इरानले इजरायललाई मान्यता दिन अस्वीकार गर्दै प्यालेस्टाइनलाई समर्थन गर्दै आएको थियो । इजरायलले लामो समयदेखि इरानले आफूलाई नष्ट गर्न चाहेको बताउँदै आएको छ ।

तेहरानको इस्लामिक कन्फेरेन्समा खमेनईले भने, ‘एक देशका रुपमा इजरायलको नष्ट गर्नुको मतलब यहुदीको नष्ट गर्नु होइन । यसको मतलब यो हो कि प्यालेस्टाइनका मानिस चाहे उनीहरु मुसलमान, इसाई वा यहुदी हुन् उनीहरुले आफ्नो सरकार चुन्न सकून् ।’ उनले पश्चिमी शक्तिलाई इरानको परमाणु कार्यक्रम रोक्ने काम गरेकोमा आलोचनासमेत गरेको बीबीसीले समाचारमा उल्लेख गरेको छ ।

इरानले इजरायलको अस्तित्व स्वीकार नगर्ने र उसले मुसलमानको जमिन कब्जा गरेको बताउँदै आएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७६, आईतवार ०९:२३