१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

राफेल लडाकु विमान किन्ने प्रक्रिया खारेज

२९ कात्तिक, नयाँदिल्ली । भारतीय सर्वोच्च अदालतले सन् २०१८ को डिसेम्बर १४ मा गरेको आफ्नै फैसलालाई सदर गरेको छ । बिहीबारको यो आदेशसँगै भारतले फ्रान्सबाट खरिद गर्न लागेको विवादास्पद राफेल लडाकु विमान खरिद प्रक्रिया खारेज भएको छ ।

नरेन्द्र मोदी सरकारले फ्रान्सबाट ३६ थान लडाकु राफेल विमान खरिद प्रक्रिया अगाडि बढाएपछि खरिदमै भ्रष्टाचार भएको भन्दै यसविरुद्ध अदालतमा मुद्दा परेको थियो ।

सर्वोच्चका प्रधान न्यायाधीश रञ्जन गोगोई तथा न्यायाधीश सञ्जय किशान कौल र के.एम जोसेफको संयुक्त इजलासले १४ डिसेम्बर २०१८ को सर्वोच्चको आदेशविरुद्ध परेको याचिकालाई खारेज गरेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

अदालतको आदेशमा विमान खरिदसम्बन्धी तथ्य प्रमाणहरुका आधारमा निर्णय–प्रक्रियामा कुनै त्रुटि नदेखिएको बताउँदै विमानको मूल्यबारे अदालतले कुनै निर्णय गर्न नसक्ने र त्यसमा आफ्नो चासो नरहेको उल्लेख छ ।

सर्वोच्चको पूर्वनिर्णयमाथि पुनर्विचार गरियोस् भन्दै पूर्वकेन्द्रीय मन्त्री यशवन्त सिन्हा, अरुण सौरी, कानुन व्यवसायी प्रशान्त भूषणलगायतले निवेदन दिएका थिए । उनीहरुले सर्वोच्चको पूर्वआदेशमा धेरै त्रुटि रहेको भन्दै निर्णय सच्याउन आग्रह गरेका थिए । –एजेन्सी

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार ०८:५१