१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

बेलायती राजकुमार चाल्र्सको जन्मोत्सव मुम्बइका विद्यार्थीसँग

२८ कात्तिक  बेलायतका राजकुमार चाल्र्सले आफ्नो ७१औँ बार्षिकोत्वस भारतको मुम्बइमा मनाउनु भएको छ । भारतको तीन दिने भ्रमणमा रहनुभएका राजकुमार चाल्र्सले बिहीबार मुम्बईस्थित ताजमहल होटलमा विद्यार्थीहरुसँग जन्मोत्सव मनाउनु भएको हो । जन्मोत्सव समारोहमा उहाँले सामान्य केक काट्नुभएको थियो भने २० भन्दा बढी विद्यार्थीले उहाँलाई घेरेका थिए ।

जन्मोत्सव समारोहमा सहभागी विद्यार्थीहरुले ताली बजाउदै राजकुमार चार्सलाई दीर्घ जीवनको शुभकामना व्यक्त गरेका थिए । भारतको दशौँ औपचारिक भ्रमणका क्रममा उहाँले राष्ट्रपति रामनाथ कोविन्दलाई भेट्नुका साथै गुरुद्धारा बङ्गला साहिब र भारतीय मौसम विज्ञान विभागको भ्रमण गर्नुभएको थियो ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार १७:०५