४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

नारायणगढ मुग्लिन सडक जेठ तेस्रो सातादेखि पूर्ण सञ्चालनमा आउने

१५ वैशाख, चितवन । नारायणगढ मुग्लिन सडक जेठ तेस्रो सातादेखि पूर्ण क्षमतामा सञ्चालन हुने भएको छ । सडक आयोजनाका इन्जिनियर एवम् सूचना अधिकारी शिव खनालले अव ३ किलोमिटर सडकखण्ड मात्र कालोपत्र गर्न बाँकी रहेको भन्दै जेठ १७ गतेबाट सडक बिस्तारको काम पूर्ण रुपमा सम्पन्न हुने जानकारी दिए ।

जेठ १७ गतेदेखि गाडी चल्नेगरि सडक खुला हुने खनालले दावी गरे । अहिले विहान १० देखि ४ बजेसम्म सवारीसाधन बन्द गरेर काम भइरहेको छ । तीनपटक म्याद थपिएको आयोजनाको काम जेठ १६ गतेसम्ममा सक्नुपर्ने सम्झौता छ । खनालका अनुसार सडकखण्ड विस्तारको काम अब लगभग १० प्रतिशत मात्र वाँकी रहेको छ ।

३ तहको कालोपत्रे हुनेमा ३० किलोमिटर क्षेत्रमा पहिलो तहको कालोपत्रे भइसकेको छ । यस्तै २८ किलोमिटरमा दोश्रो तहको र ८ किलोमिटरमा तेश्रो तहको कालोपत्रे भइसकेको खनालले बताए । सुरुमा सन् २०१७ को अप्रिल महिनाभित्र काम सक्नेगरि ठेक्का दिईएपनि भूकम्प, नाकाबन्दी बर्षात लगायत कारण अवधि थप गरिंदै आएको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०७५, शनिबार १४:०४