१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026
http://kk5.io/NADA2026

नुवाकोटको लिखुमा सुबिधा सामुदायिक स्वास्थ्य इकाईको शुभारम्भ

-भरतसन्तोषी लामा

२७ कात्तिक, नुवाकोट । लिखु गाउँ पालिका, गाउँ पालिकाको कार्यलय,सामाजिक बिकास शाखा, आधारभूत स्वास्थ्य तथा सरसफाइ इकाईको कार्यक्रम अन्तर्गतको लिखु गाउँ पालिका वडा नम्बर-६ मा सुबिधा सामुदायिक स्वास्थ्य इकाई स्थापना उद्घाटन भएको छ।आज एक समारोह का बिच कार्यक्रमका प्रमुख अतिथि लिखु गाउँ पालिकाका अध्यक्ष ध्रुव श्रेष्ठ र लिखु गाउँ पालिका वडा नम्बर-६ का वडाध्यक्ष्य हरिशरण लामिछानेले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो।

कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि ध्रुव श्रेष्ठले स्वास्थ्य जस्तो आम मानिसको जीवनसग प्रत्यक्ष सम्बन्ध राख्ने बिषयमा बजेट योजनातर्जुमामा कन्जुस्याइँ नहुने बताउनुभयो। गाउँ पालिकाको वडा नम्बर-६ का वडाध्यक्ष्य हरिशरण लामिछानेले सामुदायिक स्वास्थ्य निर्माणका लागि जग्गादाता भगवती पाण्डेले लाखौंको जग्गा दान दिनुभएको स्मरण गर्दै उहाको योगदानबाट थप उपलब्धिको लागि सबैजना लागिपर्न अनुरोध गर्नुभयो।

त्यस्तै जग्गादाता तथा स्वास्थ्यकर्मी संघ नुवाकोटका अध्यक्ष कल्याण भक्त पाण्डेले गाउँको बिचमा रहेको यस स्वास्थ्य कार्यलयलाई गाउँकै बर्थीङ सेन्टरको रुपमा रुपान्तरण गरि अगाडि बढ्न राजनीतिकर्मीहरुसग आवश्यक सम्पुर्ण सहयोगको माग गर्नुभयो। कार्यक्रममा स्थानीय शिक्षक,विद्यार्थी तथा राजनीति कर्मीहरुको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : November 13, 2019 at 1:08 pm