४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

काठमाडौँको बानेश्वरमा दुई बालकको हत्या गरी फरार भएका दीलिप यादव पक्राउ

१५ वैशाख, काठमाडौँ । काठमाडौंको शान्तिनगरमा दुई बालकको हत्या गरेर फरार भएका दिलिप यादव पक्राउ परेका छन । यादवलार्इ महानगरिय प्रहरी अपराध महाशाखाको विशेष टोलीले पक्राउ गरेको हो । उनले हत्याको एक सातापछि हिजोमात्रै परिवारका सदस्यलार्इ दुर्इ बालकको हत्या गरी कोठामा राखेको बताएका थिए । त्यसपछि फरार रहेका दिलिपले प्रहरीले अाज पक्राउ गरेको हो।

काठमाडौँको बानेश्वरस्थित शान्तिनगरको सुकुम्बासी बस्तीमा बस्दै अाएका यादवले झडकेलो छोराको हत्या गरेका हुन । सोही वस्तीमा बस्दै आएका दीलिप यादवले करिब एक साताअघि आफ्ना ६ वर्षीय र ८ वर्षीय झड्केलो छोराको हत्या गरेका हुन् । प्रहरीका अनुसार यादवले २ जना झड्केलो छोराको हत्या गरी आफ्नै कोठामा शव लुकाएर राखेका थिए । वैशाख १० गते महानगरीय प्रहरी वृत्त बानेश्वरमा बच्चा हराएको भन्दै प्रहरीमा उजुरी परेको थियो । यादवले शुक्रबार आफ्नो परिवारलाई बच्चाको हत्या गरी घरमै शव राखेको खबर गरेका थिए ।

प्रकाशित मिति : १५ बैशाख २०७५, शनिबार १२:११