१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

आईसीसीको टी-२० वरीयतामा नेपालको एक स्थान सुधार, नेपालले २१ खेलबाट १८९ रेटिङ अंक पायो

२५ कात्तिक, काठमाडाैँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को टी-२० वरीयतामा नेपालले सुधार गरेको छ । अाफ्नो स्थान सुधार गर्दै नेपाल एक स्थान माथि उक्लिएको छ । अघिल्लो महिनाको वरीयता क्रममा दुई स्थान तल झर्दै १३औँ स्थानमा पुगेको नेपाल यो महिनाको वरीयता क्रममा १२औँ स्थानमा उक्लिएको आईसीसीले जनाएको छ।

नयाँ वरीयताअनुसार नेपालले २१ खेलबाट १८९ रेटिङ अंक पाएको छ । यसअघि नेपाललाई उछिनेको स्कटल्याण्ड र यूएई तल झरेका छन् । स्कटल्याण्ड एक स्थान तल झरेको छ भने यूएई १५औँ स्थानमा पुगेको छ ।  वरीयता क्रममा पाकिस्तान शीर्ष स्थानमा छ भने अष्ट्रेलिया दोस्रो, इंग्ल्याण्ड तेस्रो, दक्षिण अफ्रिका चौथो र भारत पाँचौं स्थानमा छन् ।

प्रकाशित मिति : November 11, 2019 at 4:31 pm