२९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026

कुटनीति र विकासका लागि पूर्व राजदूत मोहनकृष्ण श्रेष्ठको अध्यक्षतामा थिंक ट्यांक गठन

१४ वैशाख, काठमाडाैँ । नेपालको कुटनीति र विकासका क्षेत्रमा काम गर्न फ्रान्सका लागि पूर्व नेपाली राजदूत मोहनकृष्ण श्रेष्ठको अध्यक्षतामा कुटनीति र विकास केन्द्र ‘सेन्टर फर डिप्लोम्यासी एण्ड डेभ्लपमेन्ट’ (सीडीडी) गठन गरिएको छ । गैर नाफामूलक उक्त संस्थाले सरकारलाई गैरसरकारी बौद्धिक समूह (थिंक ट्यांक) का रुपमा सुझाव दिने अध्यक्षले श्रेष्ठले बताउनुभयो ।

अध्यक्ष श्रेष्ठ

उक्त संस्थामा सदस्यको रुपमा पूर्व परराष्ट्र सचिव तथा संयुक्त राष्ट्रसंघका पूर्व उपमहासचिव ज्ञानचन्द्र आचार्य, पूर्वशिक्षा सचिव शंकरप्रसाद पाण्डे, डा गंगाबहादुर थापा, अनिता जधारी, अरुण रञ्जित, हेमन्त कक्षपति, खेमराज लकाइ, नवराज पाण्डे, डा प्रमोद जैसवाल, श्रीराम लामिछाने, सुरेन्द्र शाक्य, शान्तिलक्ष्मी शाक्य र मित्रबन्धु पौडेल रहनुभएको छ ।

उहाँले संस्थाले बौद्धिक व्यक्तित्वबीच अन्तक्र्रिया बढाउने, आफ्ना अनुभवमा आधारित भएर सरकारलाई सुझाव दिने र यही क्षेत्रमा अध्ययन–अनुसन्धानलाई केन्द्रमा राखेर काम गर्ने उद्देश्यले संस्था स्थापना गरेको जानकारी गराउनुभयो ।

संविधान निर्माण, यसको कार्यान्वयन र तीनै तहको निर्वाचन सम्पन्न भएका कारण राजनीतिक स्थिरता आएकाले अब विकासले प्राथमिकता पाउनुपर्ने बेलामा अन्तर्राष्ट्रिय क्षेत्रमा सरकारका काममा आफ्नो संस्थाले सहयोग गर्ने पु¥याउने समेत अध्यक्ष श्रेष्ठले बताउनुभयो । रासस

प्रकाशित मिति : 15:24