राप्रपा (प्रजातान्त्रिक) को बैठक वैशाख २५ देखि काठमाडौँमा
१४ वैशाख, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को केन्द्रीय कार्य समितिको बैठक यही वैशाख २५ देखि २७ गतेसम्म काठमाडौँमा बस्ने भएको छ ।पार्टीको विधानअनुसार अध्यक्षले बैठक बोलाउने व्यवस्था भएकाले अध्यक्ष पशुपतिशम्शेर जबराले सो बैठक बोलाउनुभएको हो ।
पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश प्रमुख, जनवर्गीय संगठनका अध्यक्षलगायत करीब ३०० को सहभागिता हुने उक्त बैठकले राप्रपा परिवेशका दल तथा नेतालाई एकताबद्ध गर्ने र मुलुकको समसामयिक राजनीतिक परिस्थितिमा देशभर संगठन सुदृढीकरणबारे छलफल गर्ने महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।

यसअघि पार्टीका अध्यक्ष राणाको संयोजकत्वमा गठन गरिएको निर्वाचन समीक्षासम्बन्धी कार्यदलले त्यसको प्रतिवेदन, अध्यक्ष राणाले राजनीतिक प्रतिवेदन, महामन्त्री धु्रवबहादुर प्रधानले सांगठनिक प्रतिवेदन, सचिवालय प्रमुख राजाराम श्रेष्ठले सचिवालयले अहिलेसम्म गरेका कार्यक्रमका साथै भावी कार्यक्रमको प्रतिवेदन, कोषाध्यक्ष नीलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुहुने प्रवक्ता राजेन्द्र गुरुङले जानकारी दिनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विभाजन भई गत साउन २४ गते गठन भई भदौ ६ गते सर्वोच्च अदालतले मान्यता दिएको उक्त पार्टीको केन्द्रीय कार्य समितिको बैठक पहिलो पटक बस्दैछ ।रासस
प्रकाशित मिति : April 27, 2018 at 11:13 am









