९ जेष्ठ २०८३, शनिबार | Sun May 24 2026

सबै नेपालीलाई करोडपति बनाउन गाँजाखेती गर्नुपर्छः सांसद स्थापित (भिडियाेसहित)

-प्रशान्तजंग पाण्डे

९ कात्तिक, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेश ३ का सांसद केशव स्थापितले नेपाली जनतालाई कराेडपति बनाउने याेजना सार्वजनिक गरेका छन । नेकपाकै अर्का सांसद केशवराज पाण्डलेले शुक्रबार काठमाडौंकाे गाेंगबुमा आयाेजना गरेकाे चियापान कार्यक्रममा सांसद स्थापितले नेपाली जनतालाई कराेडपति बनाउने आफ्नाे याेजना सार्वजनिक गरेका हुन।

उनले नेपालकाे पाखाबारीमा गाँजाखेती गरेर हरेक नेपालीलाई कराेडपति बनाउन सकिने बताए । सांसद स्थापितले नेपालमा जनता धनी भएकाे देख्न नचाहने तत्वले गाँजालाई सामन्तिकाे अवशेष बनाएकाे बताए । उनले गाँजा धेरै प्रकारका राेगका लागि औषधि समेत भएकाले यसमाथिकाे प्रतिबन्ध देखेर आफू अचम्मित बनेकाे बताए ।

उनले सँगै रहेका अन्य सांसहरुलाई पनि गाँजामाथिकाे प्रतिबन्ध फुकुवा गरेर नेपाली जनतामाथि न्याय गर्न कानुन बनाउन सहयाेग गर्न अनुराेध गरे । उनले नेपाली जनतालाई गाँजा खा नभन्ने तर उत्पादन गर्न दिनुपर्ने बताए । उनले गाँजा औषधि बनाउनमात्र प्रयाेग गरे पनि खर्बाै रुपैयाँ आम्दानी गर्न सकिने बताए ।

हेर्नुहाेस् भिडियाेः

 

प्रकाशित मिति : October 26, 2019 at 6:42 pm