१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

साउथ फिल्मका नायकले गरे आत्महत्या

९ कात्तिक, एजेन्सी । साउथ फिल्म एक नायकले आत्महत्या गरेका छन् । कलिउड र  सिनेमाका स्टार नायक ससिकुमारले गत बिहिबारआत्महत्या गरेका हुन् । ससिकुमारको शव जोलारपेट्टाई रेलवे स्टेशन नजिकैको एउटा रुखमा झुण्डिएको अवस्थामा भेटिएको थियो ।

टाइम्स अफ इन्डियाको रिपोर्टका अनुसार ससिकुमारको शव मानिसहरुले देखे तब यसबारे पुलिसलाई जानकारी दिइयो । पुलिसको प्रारम्भिक रिपोर्टमा बताइए अनुसार नायक पैसाका कारण डिप्रेशनमा थिए । नायक र उनकी श्रीमती राघवका एक छोरा छन् । ससिकुमारकी श्रीमतीले पनि फिल्ममा काम गरिसकेकी छन् । उनले रजनीकान्तको फिल्म राजा चिन्ना रोजामा का गरेकी थिइन् । ससिकुमार टिभी नायक थिए, तर उनी थुप्रै तमिल फिल्ममा पनि देखिइसकेका थिए । उनले क्यामराम्यानको रुपमा पनि काम गरेका थिए ।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार १३:१०