११ पुष २०८१, बिहीबार | Thu Dec 26 2024

माइतीघरमा आगामी जेठसम्म प्रदर्शन गर्ने छुट, नयाँ निर्णय असारबाट लागू हुने

१३ वैशाख, काठमाडौँ । सरकारले माइतीघर मण्डलामा आगामी जेठसम्म प्रदर्शन गर्ने छुट दिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आगामी जेठ मसान्तसम्म माइतीघर मण्डलामा प्रदर्शन गर्न छुट दिएको हो ।

कार्यालयले वैशाख २ मा सूचना निकालेर सार्वजनिक कार्यक्रम तथा प्रदर्शन स्थल तोक्दै माइतीघरमा प्रदर्शन गर्न रोक लगाएको थियो । कार्यालयले बिहीबार सार्वजनिक सूचना निकालेर तयारी गर्न समय चाहिएको भन्दै सार्वजनिक कार्यक्रम तथा प्रदर्शन स्थलसम्वन्धी निर्णय असार १ बाट मात्र लागू हुने जनाएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७५, बिहीबार १३:२५