१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

एमाले सांसद नविना लामाको बिबाह अाज, प्रधानमन्त्री अोलीसहित तीन हजारले शुभकामना दिने

१३ वैशाख, काठमाडौँ । नेकपा एमालेकी सांसद अनेरास्ववियुकी अध्यक्ष नविना लामाले अाज लगन गाँठो कस्ने भएकी छिन । अनेरास्ववियुका पूर्व केन्द्रीय सदस्य प्रविन श्रेष्ठसँग लगान गाँठो कस्न लागेकी लामाको बिबाहमा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथिको रुपमा उपस्थित हुने भएका छन । बिबाहको सम्पूर्ण व्यवस्थापन अनेरास्ववियुले गरेको छ ।

अनेरास्ववियुका कार्यबाहक अध्यक्ष महेश बर्तौलाले बिबाहको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै अतिथि सत्कार, खानाको व्यवस्थापन र स्वयंसेवक परिचालनका लागि छुट्टै कमिटी गठन गरी व्यवस्थापन गरिएको जानकारी दिए । झण्डै तीन हजार जना बिबाह समारोहमा उपस्थित हुने जनाइएको छ । बिबाहमा शुभकामना दिन जाने अतिथिलाई जेरी समोसा, केरा, दही र लालमनको व्यवस्था गरिएको छ ।

यस्तो थियो प्रेम

कलाकारिता समेत गरेकी नविनाको प्रेम कहानी निक्कै रोचक छ ।

२०५६ सालमा एसएलसी पास गरेर काभ्रेको मादनकुँडारीबाट राजधानी आएकी उनी काठमाडौंमा अभिनय तिर लागिन् । फिल्म ‘म्हेन्दोला माया’मा अभिनय गर्दा नवीना भविष्यप्रति अन्योलमा थिइन् ।

पहिलो चलचित्रबाट राम्रो प्रतिक्रिया पाएकी नवीनामा अभिनयप्रति रूचि जागेको थियो । तामाङ भाषा तथा संस्कृतिमा आधारित ‘म्हेन्दोला माया’पछि नेपाली चलचित्रमा अनुबन्धित भइन् । तर छायांकनका लागि जोमसोम जानुपर्ने भएपछि फिल्मी करिअरबाट बाटो अन्तै मोडियो ।

अभिनेत्री हुँदासम्म परिवार खासगरी बुबा उनीसँग त्यति खुसी थिएनन् । २०५८ सालमा बानेश्वर क्याम्पसमा स्ववियु सभापतिमा हारेपछि उनको राजनीतिक यात्राले गति लिएको थियो । त्यो हारले उनलाई उर्जा दियो । त्यसले दिएको अठोटले विद्यार्थी राजनीतिक रथले गति लियो ।

उनले आफु प्रेम सम्बन्धमा रहेको पनि लुकाइनन् । एक वर्ष अघि त डेटिङ गएकै तस्बिरहरू बाहिर आए । ‘हामीले सँगै राजनीति सुरू गरेका हौं ।’ उनी भन्छिन् ।

मादनकुँडारीस्थित महेन्द्र माविमा अध्ययनरत हुँदै प्रारम्भिक कमिटीमार्फत अखिलमा संगठित भएकी उनी अनेरास्ववियुको २२औं महाधिवेशनबाट अध्यक्ष भइन् । यसले उनलाई युवा नेत्रीका रूपमा स्थापित गरिदिएको छ भने अभिनेत्री बन्ने सपनाको बाटो छेकिदियो ।

नेतृत्व हस्तान्तरण गर्दै जानुपर्छ भन्ने मान्यता राख्ने उनी अध्यक्षका रूपमा एक कार्यकालमात्रै रहने सोचमा थिइन्, भाग्यवस् प्रतिनिधि सभाको सदस्यमा समानुपातिकमा परिन् ।

यस्तो छ निमन्त्रणा कार्ड

प्रकाशित मिति : १३ बैशाख २०७५, बिहीबार ०८:००