७ जेष्ठ २०८१, सोमबार | Tue May 21 2024

नुवाकोट गाेल्डकप फुटबल प्रतियोगिताको तयारी सुरू


१२ वैशाख, नुवाकाेट । नुवाकोटको वट्टारस्थित खेलमैदान मा यहि जेठ १७ देखि २७ सम्म संचालन हुने नुवाकोट गाेल्डकप फुटबल प्रतियोगिता तयारी सुरु भएकाे छ। एन्फा नुवाकोट र जिल्ला खेलकुद विकास समिति नुवाकाेटकाे सम्युक्त रुपमा अायाेजना हुने प्रतियाेगितामा ए डिभिजनका ९ र अायाेजक नुवाकोटको १ गरि १० टिमकाे सहभागिता रहने छ।

मैदानलाई सम्माउने र दुवाे लगाउने काम तिव्र रुपमा चलिरहेकाे छ। दैनिक रुपमा श्नाीनाथ गणका जर्नेल अन्जन रुपाखेतिकाे नेतृत्वमा २०० जना नेपाली सेनाहरुले सहयाेग गरिरहेको एन्फा नुवाकोटका उपाध्यक्ष उदृव पनेरुले जानकारी दिए ।

प्रकाशित मिति : १२ बैशाख २०७५, बुधबार १८:१८