७ जेष्ठ २०८१, सोमबार | Tue May 21 2024

१८ दिनमा राष्ट्रपति भण्डारीको दोस्रो ट्वीट, पुनर्निर्माणमा ध्यानाकर्षण गराउँदै यसो भनिन्


१२ वैशाख, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ट्वीटर प्रयोग गरेको १८ औँ दिनमा दोस्रो ट्वीट गरेकी छिन । बुधबार ट्वीट गर्दै राष्ट्रपति भण्डारीले तीन वर्षअघि आजकै दिन गएको भूकम्पले उत्पन्न गराएको त्रासदी, मानवीय एवं संरचनामा पुर्याएको क्षतिले अझै आफूलाई दुःखी तुल्याइरहेको बताएकी छिन ।

उनले पुनर्निर्माणमा सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँदै विपत्तिमा अमूल्य जीवन गुमाउनेहरुप्रति भावपूर्ण श्रद्धाञ्जली र घाइते र पीडितमा गहिरो माया व्यक्त गरेकी छिन । भण्डारीले पहिलो ट्वीट बालबालिका शिक्षाको पहुँचमा सरकारले गरेको प्रयासको सराहना गरेकी थिइन ।

प्रकाशित मिति : १२ बैशाख २०७५, बुधबार १७:५५