११ बैशाख २०८३, शुक्रबार | Sat Apr 25 2026

सभामुखको राजीनामाको सूचना संसदमा टाँसियो, नयाँ सभामुख चयनकाे बाटाे खुल्याे

१५ असोज, काठमाडौँ । बलात्कारकाे आरोप लागेपछि कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएको सूचना संसद सचिवालयमा टाँसिएको छ । उपसभामुखको निर्देशनअनुसार सूचना टाँसिएको सचिवालयले जनाएकाे छ ।


मंगलबार महराले उपसभामुख शिवमाया तुम्बाहाम्फेसमक्ष राजीनामा दिएका थिए । उनले राजीनामा पत्रमा ‘छानबिन नहुँदासम्मका लागि’ राजीनामा दिएको उल्लेख गरेका थिए । तर संसद सचिवालयको सूचनामा यसबारे केही उल्लेख छैन । यो सूचनासँग सभामुखको पद रिक्त भएको छ र नयाँ निर्वाचनका लागि बाटो खुलेको छ ।

प्रकाशित मिति : 14:28