११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

नेकपाको निर्णय लगत्तै सभामुखको राजिनामा तयार, पत्र बोकेर महरा हिडेँ शितल निवास

१४ असोज, काठमाडाैँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सभामुख र संसद सदस्य दुबै पदबाट राजिनामा दिन आग्रह गरेको छ । सभामुख महरामाथि लागेको बलात्कार आरोप लगायतका विषयमा छलफल गर्न नेकपा सचिवालयको आज आकस्मिक बैठक बसेको थियो। बैठकले महरालाई राजीनामा दिएर अनुसन्धान प्रक्रियालाई सघाउन आग्रह गर्ने निर्णय गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

उनले भने ‘प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराको नैतिक आचरणका सम्बन्धमा सञ्चारमाध्यममा आएका समाचारहरुप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ बैठक सकिएसँगै सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले भने, ‘केन्द्रीय सचिवालयको आज सम्पन्न बैठकले सभामुख कृष्णबहादुर महराले सभामुख तथा प्रतिनिधिसभाका सदस्य पदबाट राजिनामा दिएर छानबिन प्रक्रियालाई सघाउनुपर्दछ भन्ने निर्णय गरेको छ।’

प्रकाशित मिति : October 1, 2019 at 12:58 pm