११ बैशाख २०८३, शुक्रबार | Sat Apr 25 2026

नेपाल खुला दिसामुक्त राष्ट्र घोषित

१३ असोज, काठमाडौँ । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको छ । राष्ट्रियसभा गृहमा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल खुला दिसामुक्त राष्ट्र भएको घोषणा गरेका हुन् । सन् २०११ बाट सरकारले हरेक जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न सुरु गरेको थियो । सोही अभियान अन्तर्गत सबैभन्दा पहिला कास्की जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो ।

खानेपानी मन्त्रालयले अभियानमा सबै राजनीतिक दल, पेशा र व्यवसायमा संलग्न रहेकाले पनि देशलाई नै खुला दिसामुक्त घोषणा गर्न सक्ने अवस्थामा आइपुगेको जनाएकाे छ । खुला दिसामुक्त राष्ट्र घोषणा भएसँगै सरसफाइ अभियानलाई तीव्रता दिने सरकारको योजना रहेकाे छ ।

प्रकाशित मिति : 14:42