९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

आफ्नो नाममा नक्कली फेसबुक खोलेर चरित्र हत्या गरेको भन्दै मुख्यमन्त्रीद्धारा ध्यानाकर्षण

१२ असोज, सुर्खेत । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नाउँमा नक्कली फेसबुक अकाउन्ट खोलेर चरित्र हत्याको प्रयास भइरहेकामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले आज पे्रस विज्ञप्ति जारी गर्दै उक्त नक्कली फेसबुक अकाउन्टको भ्रममा नपर्न आग्रह गर्नुभएको हो ।

स्वकीय सचिव सिंहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सामाजिक सञ्जालको दुरुपयोग गर्दै माननीय मुख्यमन्त्रीज्यूको चरित्रहत्या गर्ने तथा आफ्नो व्यक्तिगत स्वार्थ पूर्तिगर्ने उद्देश्यका साथ नक्कली आइडीबाट विभिन्न व्यक्ति तथा निकायमा च्याट सम्पर्कमार्फत अवाञ्छित निर्देशन तथा माग गर्ने गरिएको पाइएको छ, यस्तो क्रियाकलापको भ्रममा नपर्न सरकारी तथा गैरसरकारी निकाय, शुभचिन्तक तथा आम जनसमुदायसँग अनुरोध गर्दछौँ ।’’

स्वकीय सचिवालयले नक्कली फेसबुक आइडी प्रयोग गर्ने व्यक्ति पहिचान गरी कानूनी कारवाहीको प्रक्रिया अघि बढाउन सम्बन्धित निकायमा जानकारी गराइसकिएकोे जनाएको छ । मुख्यमन्त्रीको व्यक्तिगत फेसबुक अकाउन्टको लिङ्क महेन्द्र डट शाही डट १६५ रहेकाले यसबाहेक उहाँको नाम जोडेर चलाइएका अन्य आइडीको विश्वास नगर्न आग्रह गरिएको छ ।

प्रकाशित मिति : September 29, 2019 at 1:20 pm