हामीले मुलुकलाई राजनीतिक तवरले नयाँ उचाइमा पुर्यायाैँः पूर्व प्रधानमन्त्री खनाल
९ असोज, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाले मुलुकले राजनीतिक हिसाबमा नयाँ उचाइ कायम गरेको बताएका छन । राष्ट्रिय खेलकुद परिषदको आयोजना र राष्ट्रिय विश्वविद्यालय खेलकुद सङ्घको व्यवस्थापनमा आयोजना भएको चौँथो अन्तर विश्वविद्यालय प्रधानमन्त्री कप प्रतियोगिताको त्रिभुवन आर्मी क्लबको तालिम केन्द्रमा उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री खनालले मुलुकले राजनीतिक रूपमा नयाँ उचाइ कायम गरेको र अब विकासमा पनि त्यस्तै उचाइ काम गर्ने बताए ।

पूर्वप्रधानमन्त्री झलनाथ खनाललले अब खेलकुदको विकासमा राज्यले विशेष ध्यान दिनुपर्ने बताए । उनले राष्ट्रिय खेलकुद परिषाद् लगायतका संस्थाहरू भए पनि पर्याप्त बजेट नहुँदा खेलकुदको खास विकास हुन नसकेको बताए । उनले खेलकुदकाे विकासका लागि विभिन्न ढंगले नीतिगत र व्यवहारिक प्रयत्नहरु गर्न जरुरी रहेको बताए ।

प्रकाशित मिति : 21:21









