७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

चिनीको भन्सार महशुल दर घटाउन व्यापारीको माग


११ वैशाख, विराटनगर । विदेशबाट आयातित चिनीको भन्सार मूल्यांकन दर घटाउन व्यापारीले माग गरेका छन् । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले आज संयुक्त रुपमा आयोजित पत्रकार सम्मेलनमा व्यवसायीले भारत तथा तेस्रो मुलुकबाट आयातित चिनीको भन्सार मूल्यांकन दर घटाउन माग गरेका हुन् ।

नेपाल सरकारले भारत तथा तेस्रो मुलुकबाट आयातित चिनीको भन्सार महशुल ५० प्रतिशत बढाएको छ ।

विगतमा १५ प्रतिशत लिँदै आएको भन्सार मूल्यांकन दर बढाएर तीस प्रतिशत पु¥याउँदा समस्या भएको बताउँदै त्यसमा थप एकसय डलर भन्सार महशुल र १३ प्रतिशत भ्याट कायम हुँदा चिनीको मूल्य वृद्धि भई उपभोक्ता मारमा पर्ने व्यवसायीको दाबी छ ।

मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार शारदाले सरकारले चिनीमा बढाएको भन्सार मूल्यांकन दरले आम उपभोक्ता थप मारमा परेको बताए ।

उद्योग संगठन मोरङ अध्यक्ष मुकेश उपाध्यायले चिनीको भन्सार मूल्यांकन दर घटाउन सरकारसँग माग गरे ।

प्रकाशित मिति : ११ बैशाख २०७५, मंगलवार २०:५४